Like us!
Follow us!
Connect us!
Watch us!

अब नेपाल टेलिकमको प्याकहरू खल्तीबाटै किन्न सकिने

अर्थ संसार

आइतबार, १२ बैशाख २०७८, १७ : १० मा प्रकाशित

अब नेपाल टेलिकमको प्याकहरू खल्तीबाटै किन्न सकिने

नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएकाे छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूकाे माेबाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ । 

नेपाल टेलिकमकाे प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गइ चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिनेछ । यसरी नेपाल टेलिकमकाे विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउनेछन्  ।  

नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच यस सम्बन्धि सम्झाैता भएकाे हाे । सम्झाैतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन्। 

खल्तीका सहायक प्रबन्धक जाेनाम भूर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमकाे डाटा प्याकलाइ माेबाइल एपमै ल्याएकाे बताउँछन् । ‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीहरुको लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उनले भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरुलाई र डायल गर्नुपर्ने विभिन्न काेडले गर्दा झण्झट मान्नेहरूलाई समेत सजिलाे भएकाे छ ।’

नेपाल टेलिकमका १२ देखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन् । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको