Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्स लघुवित्तको नाफा ९५.६८ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, १३ : ०९ मा प्रकाशित

स्पर्स लघुवित्तको नाफा ९५.६८ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ९५.६८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ६३.८६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन मुनाफा पनि २ करोड २२ लाख रुपैयाँबाट बढेर २ करोड ३३ लाख रूपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँ, जगेडा कोषमा ४ करोड ७४ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ २४ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

60866cb4e3ee0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको