Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई र स्पर्स लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत !

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, १२ : ४७ मा प्रकाशित

ग्लोबल आइएमई र स्पर्स लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत !

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख ८ गते बुधबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई चैत्र १० गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै संस्थाको गत पाैष २९ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि चैत्र २७ गते स्वीकृती प्रदान गरेकाे थियाे ।

मर्जर पश्चात अब "ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार  हुनेछ । संस्थाकाे रजिष्टर्ड कार्यालय पोखरा उपमहानगरपालिका, वार्ड नम्बर २६, विजयपुर, कास्कीमा रहनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको