Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्सका लगानीकर्ताहरुको सेयर ग्लोबल आईएमई लघुवित्तका रुपमा डिम्याटमा जम्मा

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १२ : १५ मा प्रकाशित

स्पर्सका लगानीकर्ताहरुको सेयर ग्लोबल आईएमई लघुवित्तका रुपमा डिम्याटमा जम्मा

साबिकको स्पर्स लघुवित्तका सेयर धनीहरुको सेयरलाई हालको ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्थाको सेयरका रुपमा लगानीकर्ताहरुको हितग्राहि खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । 

नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्टारको कार्यलवबाट अन्तिम स्विकृती प्राप्त गरी साविकको स्पर्स लघुवित्त वित्तिय संस्था १००ः९० को स्वाप रेसियोमा ग्लोबल आईएमई लघुबित्तमा समाहित भएको थियो । गत बैशाख ८ गतेबाट संस्थाको संयुक्त कारोबार प्रारम्भ भएको थियो । 

साविकका स्पर्स लघुवित्तका सेयरधनीहरुको सेयर रद्द गरी स्पर्शको १०० कित्ता सेयर हुने सेयरधनीहरुको खातामा ग्लोबल आईएमई लघुबित्तको ९० कित्ता सेयर जेठ २८ गते नै जम्मा गरिएको कम्पनीले जनाएको छ ।

यदि कुनै कारणबस साविकको स्पर्स लघुवित्तका कुनै लगानीकर्ताहरुको सेयर हितग्राही खातामा नगएका लगानीकर्ताहरुको विवरण कैफियतमा कारण समेत उल्लेख गरी ग्लोबल आईएमई क्यापिटलको वेबसाइट तथा  कम्पनीको वेबसाईटमा मा राखिएको हुँदा त्यस्ता सेयरधनीहरुले कम्पनीको सेयर रजिष्टार ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यलय नक्सालमा सम्पर्क राख्न अनुरोध गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको