Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्स लघुवित्तका सेयरधनीहरूलाई अत्यन्त जरुरी सूचना

अर्थ संसार

शनिबार, २९ जेठ २०७८, १२ : ५९ मा प्रकाशित

स्पर्स लघुवित्तका सेयरधनीहरूलाई अत्यन्त जरुरी सूचना

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नामबाट जारी भएकाे सेयरहरू रद्द गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नामबाट अभाैतिक रूपमा जेठ २८ गते हितग्राही खातामा पठाइएकाे छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै उक्त सेयर  हितग्राही खातामा पठाइएकाे जानकारी दिएकाे हाे ।

साविकका स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूकाे खातामा कुनै कारणवश सेयर जम्मा नभएकाे भए कम्पनीकाे सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडाैँमा  सम्पर्क गर्न सक्नेछन् ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.९० काे अनुपातमा प्राप्ति गरी वैशाख ८ गते बुधबारबाट एकीकृत कारोबार थालिसकेकाे छ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम चैत्र १० गतेकाे स्वीकृती र कम्पनी रजिष्ट्रार कार्यालयकाे चैत्र २७ गतेकाे स्वीकृती मुताविक साविक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा समाहित भई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नामबाट वैशाख ८ गते बुधबारबाट एकीकृत कारोबार सुरू भएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c460923d17f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको