Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्स लघुवित्तको नाफा घट्दा अन्य सूचक कस्ताे ?

अर्थ संसार

मंगलबार, २० माघ २०७७, १२ : ०० मा प्रकाशित

स्पर्स लघुवित्तको नाफा घट्दा अन्य सूचक कस्ताे ?

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट आएकाे छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा ३.३६ प्रतिशतले घटेर १ करोड ३२ लाख रुपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड १४ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा २३.५२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ३५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, दोस्रो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा पनि १२.७५ प्रतिशतले बढेर १ करोड ६३ लाख रुपैयाँबाट १ करोड ८३ लाख रूपैयाँ पुगेकाे छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ, जगेडा कोषमा २ करोड ५७ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९७ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

6018ef9576185.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको