Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल अक्सिजनमा उपचार

अर्थ संसार

मंगलबार, १४ बैशाख २०७८, १७ : ४६ मा प्रकाशित

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल अक्सिजनमा उपचार

कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ । 

उहाँहरु शनिवार(बैशाख ११ गते) दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो । 

उहाँहरुसँगै अस्पताल भर्ना हुनुभएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । 

उहाँहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ । 

उहाँहरु तीनैजनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको