Like us!
Follow us!
Connect us!
Watch us!

मुस्ताङी राजाको छोराको बिहेमा पालिकामा सार्वजनिक बिदा

अर्थ संसार

सोमबार, १८ असार २०८०, १३ : ५१ मा प्रकाशित

मुस्ताङी राजाको छोराको बिहेमा पालिकामा सार्वजनिक बिदा

मुस्ताङको लोमन्थाङ गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । सोमबार मुस्ताङी राजाको छोराको बिहे रहेकोले पालिका बन्द गरिएको हो ।

गाउँपालिका कार्यालय, मातहतका कार्यालय र शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

पालिकाले आइतबार सार्वजनिक सूचना नै जारि गरी भनेको छ, ‘मुस्ताङी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा जिग्मे सिङ्गी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ ।’

पालिका अध्यक्ष टसी न्हुर्बु गुरुङले लोमान्थाङमा सांस्कृतिक राजसंस्था कायम रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको