Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको नाफा ८७.८० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, १० : ४६ मा प्रकाशित

एनएमबि बैंकको नाफा ८७.८० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ८७.८० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ३० करोड ९० लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ०.३१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४ अर्ब २९ कराेड ५७ लाख ७७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा पनि ८७.७८ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १६ अर्ब ३२ करोड रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २० रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ  १४५ रुपैयाँ ३२ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6088edc44124e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको