Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको नाफा १८.१७ प्रतिशतले बढ्दा ब्याज आम्दानी घट्यो

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, १२ : ४८ मा प्रकाशित

लक्ष्मी बैंकको नाफा १८.१७ प्रतिशतले बढ्दा ब्याज आम्दानी घट्यो

लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा  बैंकले १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिभन्दा १८.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८ करोड ९९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको वितरणयोग्य नाफा यो वर्ष ८४ करोड १६ लाख ३९ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको सञ्चालन नाफा  १ अर्ब ८१ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ  । अघिल्लो वर्ष नाफा १ अर्ब ५६ करोड ७५ लाख रहेको थियो ।


खुद ब्याज आम्दानी २ अर्ब ३५ करोड २६ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो आम्दानी  २ अर्ब ६१ करोड रहेको थियो ।

बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ०२ पैसा छ ।

60890c0e6fcd6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको