Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको विशेष साधारणसभा आज, सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्ने

अर्थ संसार

आइतबार, ०३ असार २०८०, ०७ : २५ मा प्रकाशित

लक्ष्मी बैंकको विशेष साधारणसभा आज, सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्ने

लक्ष्मी बैंक लिमिटेडको  विशेष साधारण सभा आज बस्दै छ । आज अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे बस्ने गरि विशेष साधारण सभा सभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच गाभ्ने/गाभिने मर्जर सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

सभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच गाभ्ने/गाभिने मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ता एनबीएसएम एण्ड एसोसियट्सबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको सेयर आदानप्रदान अनुपातको आधारमा सन्राइज बैंक लिमिटेडको १ कित्ता सेयर बराबर लक्ष्मी बैंक लिमिटेडको १ कित्ता सेयर प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ। सो प्रयोजनाका लागि बैेंकले जेठ २६ गते बुक क्लोज गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको