Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रु रु जलविद्युतको आईपीओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १३ : ४६ मा प्रकाशित

नेप्सेमा रु रु जलविद्युतको आईपीओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (वैशाख १९ गते, आइतबार) रु रु जलविद्युत परियोजना लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि RURU सिम्बाेल पाएकाे छ ।

कम्पनीले चैत्र २४ गते, मंगलबारसम्म १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

608e5d5ec71e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको