Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, ०८ : २५ मा प्रकाशित

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज असोज २९ गते, मंगलबार रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।  यस जलविद्युत कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ भोलि असोज ३० गते, बुकक्लोज तय गरेको छ। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

साथै कम्पनीले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ। जुन साधारणसभामा अनुमोदन हुनेछ। 

नेप्सेमा आजसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारणसभा कात्तिक ११ गते, लिसार ब्याङकेट, नक्साल, काठमाडौँमा  बिहान ११ बजे बोलाईएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको