Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतले डाक्यो साधारणसभा, कति दिँदैछ लाभांश ?

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ०९ : ४७ मा प्रकाशित

रुरु जलविद्युतले डाक्यो साधारणसभा, कति दिँदैछ लाभांश ?

रुरु जलविद्युत परियोजना लिमिटेडले आगामी कात्तिक ११ गते १९औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको असोज १२ गतेको बैठकको काठमाडौंको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजे साधारणसभा बोलाएको हो।

कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको  प्रस्ताव गरिसकेको छ। आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन्।

कम्पनीको बोनस सेयर जारी गर्ने तथा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजीलाई आवश्यकता अनुसार वृद्धि गरिने भएको छ। त्यसका लागि प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे अनुसार प्रस्तावित बोनस सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः०.८० अनुपातमा हकप्रद सेयर जारी गर्ने र नियमनकारी निकायको निर्देशनमा प्रबन्धपत्र, नियमावलि लगायतका प्रस्तावित अन्य संशोधनका सम्बन्धमा कुनै फेरबदल, सुझाव वा निर्देशन भएमा सोही अनुसार गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि साधारणसभाका एजेण्डा छन्।

कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने भएको छ। असोज २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले कम्पनीको सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको