Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा पनि घटेन सवारी चाप, पूर्ण रोक लगाउने तयारी

पत्रपत्रिका

मंगलबार, २१ बैशाख २०७८, ०८ : ०१ मा प्रकाशित

निषेधाज्ञामा पनि घटेन सवारी चाप, पूर्ण रोक लगाउने तयारी

निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् ।                                                                              
कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो । 

आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । 

अत्यावश्यक कामका लागि सवारी पास लिएका भन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक  प्रहरी महाशाखाले दिएको  छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको  सङ्ख्या करिब दुई हजार पुगेको छ । काठमाडौँ  उपत्यकाको  चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोड गेट, केशरमहल र  कलङ्कीलगायतका क्षेत्रमा  बिहानको  समयमा ट्राफिक  जाम  हुने  गरेको  छ । जामका  कारण सुरक्षाकर्मीलाई  समेत  अत्यावश्यक  सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।

यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद  पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको