Like us!
Follow us!
Connect us!
Watch us!

भोलिबाट खाद्यान्न पसल बन्द हुँदै,एकसाताका लागि खाद्यपदार्थ स्टक गर्न सिडिओको आग्रह

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, ०६ : २२ मा प्रकाशित

भोलिबाट खाद्यान्न पसल बन्द हुँदै,एकसाताका लागि खाद्यपदार्थ स्टक गर्न सिडिओको आग्रह

भोलि(जेठ १४ गते) बाट काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गरिने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको जेठ ११ गतेको बैठकले सो निर्णय गरेको हो ।  

मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ । 

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले अब कम्तिमा पनि एकसाता अलि कडा निषेधाज्ञा गनुपर्ने आवश्यकता देखिएकाले आफुहरुले यस्तो निर्णय लिएको भन्दै उनले सर्वसाधारणहरुलाई कम्तिमा पनि एक साताका लागि आवश्यक खाद्यपदार्थको जोहो गर्न आग्रह गरेकाछन् ।

‘अब साग–सब्जी पसल मात्र खोल्न पाइन्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने–‘कोभिड–१९ को चेन ब्रेक गर्नका लागी यो निर्णय लिएका हौं ।’

अब झनै कडा प्रावधान लागू गरिएकाे छ । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । यसका साथै, सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ ।

निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गरिनेछ । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान  छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको