Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लघुवित्तको नाफामा उल्लेख्य प्रगति, ब्याज आम्दानी पनि बढ्यो

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, ११ : ५९ मा प्रकाशित

मानुषी लघुवित्तको नाफामा उल्लेख्य प्रगति, ब्याज आम्दानी पनि बढ्यो

मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको  छ । गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा १२६.६३ प्रतिशतले धेरै हो । गत वर्ष संस्थाको नाफा ५२ लाख ७९ हजार रुपैयाँमा सिमित थियो। 

त्यस्तै संस्थाको खुद ब्याज आम्दानी पनि २१.८१ प्रतिशतले बढेर ६ करोड ८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ४ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा संस्था १ अर्ब ६९ करोड रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ ।  हाल चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ रहेको छ । 

6090e88ae3fa2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको