Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै, व्याजदर कति ?

अर्थ संसार

शुक्रबार, २४ बैशाख २०७८, ०७ : ५५ मा प्रकाशित

एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै, व्याजदर कति ?

एनएमबि बैक लिमिटेडले २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जेठ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । २० लाख कित्तामध्ये १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने तथा ८ लाख कित्ता(सो मध्ये ५% सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका निष्काशन गरिनेछ । 

बैंकले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर  भएको "एनएमबि ऋणपत्र ८.५०%- २०८७/८८" जारी गर्न लागेको हो ।

लगानीकर्ता उक्त ऋणपत्रमा जेठ २ गतेदेखि छिटोमा जेठ ५ गते र ढिलोमा जेठ १६ गतेसम्म न्यूनतम २५ कित्तादेखी अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कहाँ- कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं, एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबबाट मान्यता प्राप्त सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रको बिक्री प्रवन्धकको काम  सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

6094a27f9992c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको