Like us!
Follow us!
Connect us!
Watch us!

बिबिसीका लगानीकर्ता चुर्लुमै डुबे ! सेयर मूल्य नकारात्मक सर्किट लेभलमा

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, ११ : ३२ मा प्रकाशित

बिबिसीका लगानीकर्ता चुर्लुमै डुबे ! सेयर मूल्य नकारात्मक सर्किट लेभलमा

गत बिहिबार पनि नकारात्क सर्किट लागेको बिशाल बजार कम्पनीको सेयर मूल्य आज आईतबार पनि घटेर नकारात्मक सर्किट लेभलमा पुगेको छ । 

कारोबार फुकुवा भएको दिन देखि निरन्तर उकालो लागेको कम्पनीको सेयर मूल्य गत बिहिबार कारोबारको प्रारम्भमा सकारात्मक सर्किट लागेको भएतापनि केहि समय पछि भने सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्कम सर्किट लागेको थियो । 

आज पनि कारोबारको प्रारम्भमै कमपनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । विहिबारको कारोबारमा सकारात्म सर्किट लाग्दा कम्पनीको सेयर मूल्य ८ हजार २ सय भन्दा मागि पुगेको थियो भने आज कम्पनीको मूल्य ६७१ रुपैयाँले घटेर ६ हजार ४५ रुपैयाँ पुगेको छ । 

कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा पुगेसंगै धितोपत्रको दोस्रोबजारमा यो कम्पनीको सेयर किन्ने लगानीकर्ताको उपस्थिती सून्य देखिएको छ । नेप्सेको मार्केट डेप्थमा कम्पनीको सेयर बिक्रिको आदेश १७ हजार ६२२ कित्ताको हुँदा कम्पनीको सेयर खरिदको आदेश भने सून्य देखिन्छ ।

आज अहिले सम्म कम्पनीको १४५ कित्ता सेयरको कारोबार भएको नेप्सेले जनाएको छ । 

6097788e91fb2.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको