Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा रहेको बीबीसीको कार्यालयमा आयकर विभागको छापा

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १३ : ३९ मा प्रकाशित

भारतमा रहेको बीबीसीको कार्यालयमा आयकर विभागको छापा

भारतको राजधानी नयाँ दिल्लीस्थित् ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को कार्यालयमा आयकर विभागले छापा मारेको छ। आज (मंगलवार) बीबीसीको कार्यालयमा आयकर विभागले छापा मारेको एएनआई समाचार संस्थाले उल्लेख गरेको छ ।

भारतीय सञ्चार माध्यमहरूको अनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको छ । केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो ।

मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो । 

भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको