Like us!
Follow us!
Connect us!
Watch us!

विशाल बजार कम्पनीको सञ्चालकमा राधा पोखरेल नियुक्त

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १७ : ३९ मा प्रकाशित

विशाल बजार कम्पनीको सञ्चालकमा राधा पोखरेल नियुक्त

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी छिन् । नेपाल सरकार उपप्रधान तथा अर्थमन्त्रीस्तरको फागुन ४ गते बसेको बैठकको निर्णय अनुरूप उनी विशाल बजारको सञ्चालकमा नियुक्त भएकी हुन् ।

आफू उक्त पदमा रहँदा नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व भएका सार्वजनिक निकायका सञ्चालकले निर्वाह गर्नुपर्ने काम, कर्तव्य, आचरण र कानूनको अधिनमा रही कम्पनीलाई सुधार गर्नेतर्फ निष्ठा पुर्वक लागी रहने उनले बताएकी छिन् ।

 साथै, कम्पनीलाई आफ्नाे कार्यकालमा स्वच्छ, पारदर्शी र विवादरहित बनाउने समेत उनले प्रतिज्ञा गरेकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको