Like us!
Follow us!
Connect us!
Watch us!

बीबीसी सामग्रीबारे पोखरेल: सार्वभौमिकतामाथि आँच आउने प्रयास अस्वीकार्य

अर्थ संसार

शुक्रबार, १५ फागुन २०८२, ०८ : २८ मा प्रकाशित

बीबीसी सामग्रीबारे पोखरेल: सार्वभौमिकतामाथि आँच आउने प्रयास अस्वीकार्य

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति टिप्पणी गर्दै यसलाई सामान्य सञ्चार सामग्रीभन्दा बाहिरको विषय भएको बताएका छन्। उनले उक्त सामग्रीलाई सम्भावित भूराजनीतिक चलखेलसँग जोडेर हेर्नुपर्ने संकेत गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले कुनै पनि सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेका छन्। चुनावजस्तो संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु केवल संयोग हो वा नियोजित हस्तक्षेप भन्ने प्रश्न उठाउनुपर्ने उनले उल्लेख गरेका छन्।

उनका अनुसार लोकतन्त्रको संरक्षण नेपाली नागरिककै जिम्मेवारी हो। साथै, नेपालको सार्वभौमिकता साझा सरोकारको विषय भएकाले राष्ट्रिय हितका पक्षमा सबै सजग रहनुपर्ने उनले बताएका छन्। सूचना स्वतन्त्र हुनुपर्ने भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुन आवश्यक रहेको पोखरेलको धारणा छ।

पोखरेलले नागरिकलाई सचेत रहन, तथ्य जाँच्न र भूराजनीतिक दबाब वा प्रोपागान्डाबाट प्रभावित नहुन आग्रह गरेका छन्। नेपाललाई अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको मैदानका रूपमा प्रयोग हुन नदिन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको