Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबी हाइड्रोको आईपीओको बाँडफाँड कहिले ? बिक्री प्रबन्धक सनराइजको यस्तो जवाफ

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, १२ : ०४ मा प्रकाशित

सिईडिबी हाइड्रोको आईपीओको बाँडफाँड कहिले ? बिक्री प्रबन्धक सनराइजको यस्तो जवाफ

सिइडिबी हाइड्रो डेभलपमेन्टले निश्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड अझै पर धकेलिने भएको छ ।

आईपीओ निश्कासनको मिति समाप्त भएको ५ दिन बित्तिसक्दा पनि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आवेदको आधिकारी तथ्याङ दिन नसकेपछि बाँडफाँडको मिति अझै पर धकेलिने भएको हो । 'कोभिडको कारण सीडीएस एन्ड क्लियरिङले आधिकारीक डाटा दिन सकेको छैंन' बिक्री प्रबन्धक सनराइज क्यापिटलका एक कर्मचारीले अर्थ संसार डट कमलाई भने-'क्यापिटल बन्द, सीडीएस एन्ड क्लियरिङमा थोरै कर्मचारीले आलोपालो गरेर कार्यालय संचालन गरिरहेका छन् ।, त्यसैले अहिले नै आईपीओ बाँडफाँडको मिति तोक्ने सक्ने अवस्थामा छैंन् ।'

बैंशाख १७ गतेदेखि बैंशाख २१ गतेसम्म निश्कासन गरेको आईपीओमा  १७ लाख ३६ हजार ७ सय जना आवेदकले २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।

यो सर्वसाधारका लागि छुट्याइएको २३ लाख ४१ हजार ९ सय ५४  कित्ता भन्दा ११.२५ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थोरै तलमाथी भने हुनेछ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको