Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा एनसेलले ल्यायो स्मार्टफोन जित्ने योजना

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, १७ : ०५ मा प्रकाशित

निषेधाज्ञामा एनसेलले ल्यायो स्मार्टफोन जित्ने योजना

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले नयाँ याेजना ल्याएको छ । एनसेलले इदको अवसरमा हरेक दिन स्मार्टफोन जित्न सकिने नयाँ योजना ल्याएको हाे ।

वैशाख २८ गते, मंगलबारदेखि लागू हुने याे याेजना अन्तर्गत ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन् । याे याेजना ७ दिनसम्मका लागि सूचारू गरिने एनसेलले जनाएकाे छ ।

यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । 

यस योजना अन्तर्गत यूएईबाट सबै भन्दा धेरै आगमन कल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफल हुनेछन् । ७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमन कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिने एनसेलले जनाएकाे छ ।

विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । हाल लागु भएको निषेधाज्ञा हटेको एक हप्ता पछि विजयी ग्राहकले आफुले जितेको स्मार्टफोन लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको