Like us!
Follow us!
Connect us!
Watch us!

एसईई र १२ कक्षाको परिक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १० : ४१ मा प्रकाशित

एसईई र १२ कक्षाको परिक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डको आज विहान बसेको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण एसईई र १२ कक्षाको परीक्षा तत्कालकालागि स्थगित गर्ने निर्णय गरेको हो ।

आगामी दिनमा महामारीको अवस्था हेरि परिक्षा कहिले र कसरि गर्ने भन्ने बिषयमा निर्णय हुने बोर्डले जनाएको छ । अहिले देशका ६७ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको