Like us!
Follow us!
Connect us!
Watch us!

हेटौँडाका निजी अस्पतालमा पनि कोभिड–१९ का बिरामीको उपचार

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १३ : ४० मा प्रकाशित

हेटौँडाका निजी अस्पतालमा पनि कोभिड–१९ का बिरामीको उपचार

वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित दुई वटा अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको  छ । मकवानपुरमा  रहेको चुरेहिल अस्पतालमा आइसियूसहितको १० शैया र मकवानपुर सहकारी संस्थाद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालमा २५ शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको हो  ।

जिल्ला कोभिड­१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार ती दुबै निजी क्षेत्रबाट सञ्चालित अस्पताललाई तत्कालका लागि कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

हाल हेटौँडा अस्पतालमा कोभिड–१९ का बिरामीको उपचार हँुदै आएको छ । हेटौँडा अस्पतालमा दिन प्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएकाले उपचारका लागि शय्या अभाव हुन सक्ने भएकाले आवश्यकता महशुस गरी निजी अस्पतालमा समेत कोभिडका बिरामी उपचार  गर्ने गरी व्यवस्था मिलाइएको हो   । 

मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिकामा गौरीटार आइसोलेसनमा अक्सिजन र मेडिकल टोलीसहित १२० शय्या रहेको छ । यसैगरी जिल्लाका सबै पालिकामा न्यूनतम् १० देखि अधिकतम २५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० पालिका रहेका छन् ।  मकवानपुरका दशवटै स्थानीय तहको पहलमा कोभिड­१९ भाइरसको पिसिआर परीक्षणको दायरा बढाउने तयारी गरिएको छ  । 

मकवानपुरको कोभिड सङ्क्रमित तथा मृत्य र सङ्क्रमण मुक्त भएको तथ्याङ्कबारे सूचना एकद्धार प्रणालीमा दिनलाई आवश्यक समन्वय गर्न सबै निकायमा जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको जनाएको छ  । 

बैठक तथा भेला तत्काल रोक्न आग्रह

वाग्मती प्रदेशको राजधानी हेटौँडासहित नजिक रहेका गाउँपालिका क्षेत्रमा विभिन्न लघुवित्त तथा फाइनान्सलगायतका वित्तीय संस्थाहरुले समूह गठन गर्दै आएको भन्ने सूचनाका आधारमा त्यस्ता बैठक तथा भेला तत्काल रोक्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा पनि कोभिड­१९ को जोखिम तीव्र रुपमा फैलिदै गएको जनाउँदै तत्कालका लागिग लघुवित्त तथा फाइनान्स संस्थाहरुले समूह गठन, बैठक तथा भेला तत्काल रोक्न आग्रह गरेको हो  । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको