Like us!
Follow us!
Connect us!
Watch us!

हेटौंडा सिमेन्ट उद्योगले घटायो सिमेन्टको मूल्य

अर्थ संसार

आइतबार, १० असोज २०७८, १३ : ०१ मा प्रकाशित

हेटौंडा सिमेन्ट उद्योगले घटायो सिमेन्टको मूल्य

गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ ।

निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ रुपैयाँ घटाएर ७०२ रुपैयाँमा विक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिएका छन् ।

यसअघि प्रतिबोरा ७४७  रुपैयाँमा सिमेन्ट विक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्रशासनले बताएको छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।

हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ७०० रुपैयाँ र शिबम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा  ६८० रुपैयाँ कायम गरी विक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो ।     
     
प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/ ७७ मा २४ करोड रुपैयाँ र २०७५/ ७६ मा १६ करोड रुपैयाँ घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ ।     
     
निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । उद्योगले आफ्नै खानीबाट चुनढुङ्गा, रातो माटोलगायत कच्चापदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको