Like us!
Follow us!
Connect us!
Watch us!

१० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन भयाे हेटौँडा सिमेन्ट उद्योग

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १७ : १७ मा प्रकाशित

१० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन भयाे हेटौँडा सिमेन्ट उद्योग

सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ ।

यसअघि उद्योगले तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री वितरण सुरु गरिने उनको भनाइ छ । हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत सुरु भइसकेको छ । कोइलाको अभावको कारण विगत तीन महिनादेखि बन्द रहेको उद्योग दुई हप्ता अघि सञ्चालनमा आएको हो ।

कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ । भारत, भूटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन सुरु भएको हो ।

उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि रु ८० करोडदेखि एक अर्ब र नयाँ प्लान्ट निर्माणका लागि रु पाँच अर्बदेखि रु आठ अर्ब खर्च हुने देखिएको छ । उद्योगमा हाल दुई सय १८ जना कर्मचारी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको