Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन कम्पनीको २ करोड १३ लाख कित्ता सेयर सूचिकृत, कुनको कित्ता कति ?

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १४ : ५८ मा प्रकाशित

नेप्सेमा तीन कम्पनीको २ करोड १३ लाख कित्ता सेयर सूचिकृत, कुनको कित्ता कति ?

आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार आज साहारा विकास बैंक लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको बोनस सेयर सूचिकृत भएको हो ।

साहारा विकास बैंक लिमिटेड
नेप्सेमा सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८ दशमलव ०४ कित्ता सेयर सूचिकृत भएको हो ।

गणपति लघुवित्त वित्तीय संस्था
सोमबार गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ कित्ता सेयर सूचिकृत भएको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता सेयर सूचिकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको