Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा माबिलुङ एनर्जीको सेयर सूचीकृत, मंगलबारदेखि कारोबार सुरु हुने

अर्थ संसार

सोमबार, १७ कार्तिक २०८२, १९ : १२ मा प्रकाशित

नेप्सेमा माबिलुङ एनर्जीको सेयर सूचीकृत, मंगलबारदेखि कारोबार सुरु हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ एनर्जी लिमिटेड को सेयर आधिकारिक रूपमा सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीका ३८ लाख ५८ हजार २ सय ४० कित्ता सेयर सूचीकरण गरेको हो।

सूचीकरणसँगै कम्पनीको सेयर कारोबार मंगलबारबाट सुरु हुने भएको छ। पहिलो कारोबार नेप्सेको प्रि–ओपन सेसन मा हुनेछ। नेप्सेले कम्पनीको प्रारम्भिक कारोबारका लागि १०५.९० रुपैयाँदेखि ३१७.७० रुपैयाँसम्मको मूल्य दायरा तोकेको छ। यस दायराभित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार सुरु हुन सक्छ। कम्पनीको सेयर ‘MABEL’ सिम्बलबाट कारोबार हुनेछ।

माबिलुङ एनर्जीले यसअघि साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १२ लाख ४८ हजार ९ सय ४ कित्ता सेयर जारी गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको