Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

पत्रपत्रिका

मंगलबार, २८ बैशाख २०७८, ०८ : ४९ मा प्रकाशित

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । 

सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिए।

कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सिसिएमसी मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए। उनका अनुसार प्रस्तावमा स्वास्थ्य संकटकाल घोषणा गरी केही समयका लागि देशैभरि लकडाउन गर्ने उल्लेख छ। 

‘अहिलेको स्थितिले केही कठोर निर्णय गर्नुपर्ने भएको छ, अन्यथा नसकिने भनेर विज्ञहरूले सुझाव दिएका छन्’, मन्त्री त्रिपाठीले भने। प्रस्ताव सोमबार साँझसम्म मन्त्रिपरिषद्मा गइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

आजको नागरिक दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको