मंगलबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ मा पुगेकाे छ । नेप्से १.०४ प्रतिशतले बढेकाे हो ।
बढेको बजारमा आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड रहेको छ । कम्पनीकाे ७६ कराेड ६५ लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
त्यसपश्चात् सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश: अपि पावर, शिवम् सिमेन्ट, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड माेदी हाइड्राेपावर, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, राष्ट्रिय बीमा कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस