Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अपि पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, ०७ : ४५ मा प्रकाशित

नेप्सेमा अपि पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  अपि पावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे २९.३८ प्रतिशत हकप्रद सेयरपछी नेप्सेले प्रतिकित्ता २ सय ९६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ३ सय ५३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासनको मिति तय नगरेपनि बुक क्लोज भने वैशाख २९ गते (एक दिन) गरेको छ । बुक क्लोजको आधारमा अपि पावरको हकप्रद सेयर वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र भर्न सक्नेछन् । कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर विक्री गर्ने भएको हो । हकप्रद सेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको