Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, ०७ : ५७ मा प्रकाशित

नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे ८ प्रतिशत बोनस सेयरपछी नेप्सेले प्रतिकित्ता ७ सय २० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ७ सय ७८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ११ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख २९ गते बुक क्लोज गरेको छ । उक्त सभामा कम्पनीले ८ प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ ।  बुक क्लोजको आधारमा वैशाख २८ गतेसम्म कायम सेयरधनीहरु मात्र एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउने भएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको