पछिल्लो दिनयता दोस्रो बजारमा बोटलर्स नेपाल (तराई) कम्पनीको सेयरमा लगानीकर्ता झुमिएका छन् । केहि दिन अघिदेखि निरन्तर उकालो लय समातेको बोटलर्स नेपालको सेयर मूल्य मंगलबार सकारात्मक सर्किट लागेको थियो भने बुधबार पनि बजार खुलेको केही समय भित्र पोजेटिम सर्किट लागेको छ ।
मंगलबार सेयर मूल्य ९१५ रुपैयाँले बढेर १० हजार ६५ रुपैयाँ मूल्य पुग्दा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट थियो भने बुधबार (आज) प्रतिकित्ता १ हजार ६ रुपैयाँले बढेर ११ हजार ७१ रुपैयाँमा पुगेको छ ।
अहिले कम्पनीको सेयरमा भारी बृद्धि भएपछि खरिदकर्ताहरुको चाँप बढेपनि बिक्रेताहरुभने सून्य देखिन्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस