Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालको सेयर कारोबार फुकुवा,गल्ती नदोहोर्‍याउने प्रतिवद्धता

अर्थ संसार

बुधबार, ०३ पुस २०८१, १५ : ३० मा प्रकाशित

बोटलर्स नेपालको सेयर कारोबार फुकुवा,गल्ती नदोहोर्‍याउने प्रतिवद्धता

बोटलर्स नेपालको सेयर कारोबार फुकुवा भएको छ । आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जनाएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार फुकुवा गरेको हो  

धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिले गरेको निर्णय ढिलागरी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टिकरण सोधेको थियो । त्यसपश्चात कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै नेप्सेमा धितोपत्र कारोबार फुकुवा गर्न अनुरोध गरेको थियो ।

‘धितोपत्र सूचीकरण विनियमावली, २०७५  मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको