Like us!
Follow us!
Connect us!
Watch us!

जेठ १ गतेबाट एक साता पुर्ण लकडाउन, औषधी पसल र स्वास्थ्य संस्था बाहेक सबै बन्द

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, ०६ : ११ मा प्रकाशित

जेठ १ गतेबाट एक साता पुर्ण लकडाउन, औषधी पसल र स्वास्थ्य संस्था बाहेक सबै बन्द

चन्द्रागिरी नगरपालिकाले एक साता आफ्नो नगरपालिकामा पुर्ण लकडाउन लगाउने भएको छ ।

नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीको अध्यक्षतामा हिजो बैसाख २९ गते बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखी जेठ ७ गते बिहान ७ बजेसम्म नगरपालिका क्षेत्रमा पुर्ण लकडाउन गर्ने निर्णय गरेको हो । 

यस अवधिभर घरबाट बाहिर हिँडडुल गर्न पुर्णरुपमा रोक लगाईने छ भने अस्पताल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्यसेवाहरु पुर्णरुपमा बन्द हुनेछन् । नगरपालिका क्षेत्रभित्रका सम्पुर्ण बैंक तथा वित्तिय संस्था,सरकारी कार्यलयहरु, खाद्यान्न पसल, मासु पसल, तरकारी तथा फलफुल पसल,र्निमाण सामाग्रिकम पसल र सम्पुर्ण सरकारी कार्यलयहरु समेत बन्द रहने जनाइएको छ । 

यो एक साताको सिल अवधि पछि भने जिल्ला प्रशासन कार्यलय काठमांडौले बैसाख २८ गते जारी गरेको आदेश बमोजिम निषेधाज्ञा कार्यन्यन हुने जनाईएको छ । साथै भेरोसिलको दोस्रो डोज लगाउने कार्यमा भने पहिलो डोज लगाएको खोपकार्डका आधारमा खोप केन्द्र सम्म जान दिईने छ ।   

609c73762b6aa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको