Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार यी कम्पनीका लगानीकर्ता हिस्स

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १५ : ३६ मा प्रकाशित

बिहिबार यी कम्पनीका लगानीकर्ता हिस्स

आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक झिनो दोहोरो अंकले बढेको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले बढेर २६८४.०१ को बिन्दुमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढेको हो  । यस्तै सेन्सेटिभ परिसूचक १.१२ अंकले बढेर ४७९.५० को बिन्दुमा पुगेको छ  । 

आज कूल २१८ कम्पनीको २ करोड १४ लाख ९६ हजार ५३७ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ३३ लाख २९ हजार ४७० रुपैयाँ बराबरको कारोबार भएको छ  ।

बजार बढ्दा पनि रिडी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । त्यसैगरी, राष्ट्रिय बीमा कम्पनी,छ्याङ्दी हाइड्रोपावर, सिभिल लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, महिला लघुवित्त, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रोमोटर सेयर, गुँरास लघुवित्त माउन्टेन हाइड्रो नेपाल, नेरुड़े लघुवित्त विकास बैंकका लगानीकर्ताले पनि सर्वाधिक गुमाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको