Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबिको आईपीओ बाँडफाँड भएको छैन, बाँडफाँडको मिति तय भएको छ- क्यापिटल

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, २० : ४२ मा प्रकाशित

सिईडिबिको आईपीओ बाँडफाँड भएको छैन, बाँडफाँडको मिति तय भएको छ- क्यापिटल

सिईडिविब हाइड्रोपावरले निश्कासन गरेको आईपीओ  बाँडफाँडको मिति तए भएको छ । 

बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत  (सिइओ) बिजय लाल श्रेष्ठको अनुसार शुक्रबार विहान ११ बजे क्यापिटलको कार्यालयमा हुने भएको हो । सेयर बाँडफाँड भएको भर्चुअल माध्यमबाट देखाइने छ ।आईपीओ बाँडफाँड भएको समाचार बाहिर आइसकेको थियो । यस्तो समाचार बाहिर आएपछि हामीले  सिइओ  श्रेष्ठलाई सोध्दा 'बाँडफाँड भएको छैंन, भोली अर्थात शुक्रबार बाँडफाँडको कार्यक्रम तय भएको' अर्थ संसारलाई  बताएका हुन् ।  

बैंशाख १७ गतेदेखि बैंशाख २१ गतेसम्म निश्कासन गरेको आईपीओ १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका छन् । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर जारी तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । यो सर्वसाधारणलाई जारी भन्दा ११.२४ गुणा बढी आवेदन परेको हो ।

कमपनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाउने सम्भावना छ । बाँकी १५ लाख भन्दा बढि आवेदकको हात खाली हुने देखिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको