Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २५.३९ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

मंगलबार, ०४ जेठ २०७८, १० : ४८ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २५.३९ अंकले बढ्यो नेप्से परिसूचक

आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २५.३९ अंकले बढेर २७८४.६० विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ४.५७ अंकले बढेर ४९७.१५ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ६८ वटा कम्पनीको १५ हजार ८ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा एक कराेड ८ लाख ५९ हजार ७ सय २० रुपैयाँको कारोबार भएकाे छ ।

प्रिओपन सेसन कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ग्रामीण विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । प्रिओपन सेसन कारोबारमा रूरू जलविद्युत परियाेजनाकाे सर्वाधिक काराेबार भएकाे छ ।

साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुगी राेकिएकाे थियाे । यस्तै सेन्सेटिभ परिसूचक ४.४५ अंकले बढेर ४९२.५८ मा पुगेको थियाे । साेमबार कूल २१८ वटा कम्पनीकाे एक कराेड ९० लाख ५६ हजार २ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँको कारोबार भएकाे थियाे ।

60a34d64e67fc.jpg

यस साताकाे सेयर बजारकाे विश्लेषण :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको