Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २८ सय विन्दुमाथी नेप्से

नेप्से

बुधबार, ०५ जेठ २०७८, १० : ५२ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २८ सय विन्दुमाथी नेप्से

आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २२.३६ अंकले बढेर २८१६.२६ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक १.९५ अंकले बढेर ४९९.१८ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ८२ वटा कम्पनीको ४७ हजार ३ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा २ कराेड ४ लाख ७८ हजार ४ सय ८८ रुपैयाँको कारोबार भएकाे छ ।

प्रिओपन सेसन कारोबारमा अरूण भ्याली हाइड्राेपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने एभरेष्ट इनस्याेरेन्सकाे संस्थापक सेयरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । प्रिओपन सेसन कारोबारमा सगरमाथा इन्स्याेरेन्सकाे सर्वाधिक काराेबार भएकाे छ ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ विन्दुमा पुगी बन्द भएकाे थियाे । यस्तै सेन्सेटिभ परिसूचक ४.६४ अंकले बढेर ४९७.२२ मा पुगेको थियाे । मंगलबार २१५ वटा कम्पनीकाे २ कराेड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएकाे थियाे ।

60a49e8b1c06f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको