Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्डमा लगानी गर्नेले सात वर्षमा ३ गुणा बढी प्रतिफल पाउँनेछन् : कृष्ण गिरी

अर्थ संसार

बुधबार, ०५ जेठ २०७८, ११ : ५९ मा प्रकाशित

प्रभु सेलेक्ट फण्डमा लगानी गर्नेले सात वर्षमा ३ गुणा बढी प्रतिफल पाउँनेछन् : कृष्ण गिरी

प्रभु क्यापिटल लिमिटेडले निष्कासनमा ल्याएकाे प्रभु सेलेक्ट फण्डमा लगानी गर्ने लगानीकर्ताहरूले सात वर्षमा ३ गुणा बढी प्रतिफल पाउने प्रभु क्यापिटलका प्रमुख अपरेटिङ्ग अफिसर कृष्ण गिरीले बताएका छन् । 

अर्थसंसार डटकमसँगकाे कुराकानीमा उनले याे फण्डमा लगानी गर्ने लगानीकर्ताहरूले सात वर्षकाे अवधिभरमा औषतमा वार्षिक २० प्रतिशत प्रतिफल पाउने बताएका हुन् । प्रभु सेलेक्ट फण्ड एउटा सामूहिक लगानी याेजना हाे । याे सात वर्ष अवधिकाे बन्दमुखी याेजना हाे ।

आजबाट १० रुपैयाँ मूल्यको प्रभु सेलेक्ट फण्ड बिक्रिमा,कसरी दिने आवेदन ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आउने उतारचढावका कारण हुने जाेखिमहरू वहन गर्न सक्ने क्षमता कम भएका लगानीकर्ताहरू, बजारमा लगानी गर्न चाहिने ज्ञान तथा अनुभव कम भएका लगानीकर्ताहरू, विद्यार्थी, गृहिणी तथा समय पर्याप्त दिन नसक्ने लगायतका लगानीकर्ताहरूका लागि  प्रभु सेलेक्ट फण्ड लगानीकाे सबैभन्दा उत्कृष्ट औजार रहेकाे उनले बताएका छन् ।

प्रभु सेलेक्ट फण्डले नेप्सेमा सुचिकृत सबै कम्पनीहरुको सेयर खरिद नगरी राम्रा राम्रा कम्पनीहरु छनौट(Selection) गरेर मात्र करिब ३० वटा कम्पनीहरुको सेयरमा मात्र लगानी गर्ने भन्दै उनले प्रकृतिका आधारमा प्रभु सेलेक्ट फण्ड अरू म्युचुअल फण्डहरूभन्दा फरक रहेकाे बताएका छन् । सेलेक्सन भन्नाले यसले सबै प्रकारका कम्पनीहरूमा लगानी गर्दैन । क्यापिटलकाे आफ्नै लगानी नीतिका आधारमा कम्पनीहरू सेलेक्सन गरिने उनी बताउँछन् । लगानी गर्नका लागि कम्पनीहरू छान्ने बेलामा सर्वप्रथम कम्पनीलाई विभिन्न आधारमा वर्गिकरण गरिन्छ ।

लगानी व्यवस्थापन गर्ने समूह अनुभव र दक्षताकाे हिसावले एकदमै उत्कृष्ट रहेकाे बताउँदै  उनले प्रभु सेलेक्ट फण्डमा ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । फण्डकाे संरचनाकाे हिसावले हेर्दा पनि याे फण्ड राम्राे प्रतिफल वितरण गर्न सक्षम रहेकाे उनले बताएका छन् ।

सेयर बजार घटेपनि बढेपनि लगानीकर्ताहरूलाई वितरण गर्न प्रक्षेपण गरिएकाे प्रतिफल भने फेरबदल नहुने उनले बताएका छन् । उच्च प्रतिफल र आन्तरिक वृद्धिदर उच्च रहेका कम्पनीहरू छानेर मात्र लगानी गर्ने भएकाले सेयर बजारकाे इन्डेक्सले वितरण गर्ने प्रतिफललाई खासै फरक नपार्ने बताउँछन् उनी ।

भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको