Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्डको न्याभ बढ्याे, लगानी कति ?

अर्थ संसार

शुक्रबार, १५ पुस २०७९, १३ : ३४ मा प्रकाशित

प्रभु सेलेक्ट फण्डको न्याभ बढ्याे, लगानी कति ?

प्रभु बैंक प्रवद्धक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “प्रभु सेलेक्ट फण्ड” ले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । 

मंसिर मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ८४ पैसा रहेको छ । उक्त मूल्य कार्तिक मसान्तको तुलनामा एक पैसाले बढेको हो । कार्तिक मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ८३ पैसा रहेको थियो ।

त्यसैगरी, मंसिर मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ४५ करोड २२ लाख ३१ हजार रुपैयाँमा सिमित छ । उक्त लगानी कार्तिक मसान्तको तुलनामा थोरै हो । कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४५ करोड ४५ लाख ४३ हजार रूपैयाँ लगानी गरेको थियो ।

त्यस्तै फण्डको मुद्दती निक्षेपमा १८ करोड २५ लाख रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको