Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्ड नेप्सेमा सूचिकृत

नेप्से

सोमबार, ०७ असार २०७८, १३ : ५८ मा प्रकाशित

प्रभु सेलेक्ट फण्ड नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु सेलेक्ट फण्डकाे इकाई सूचिकृत भएको छ । 

फण्डको १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि PSF सिम्बोल प्रदान गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबारदेखि जेठ ९ गते, आइतबारसम्म प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियाे ।

क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको कुल १० करोड इकाई निष्कासन गरेको थियो । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १२ करोड ५० लाख इकाई बनाइएको हो । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ । 

बाँडफाँडमा रितपूर्वक आवेदन दिएका ८२ हजार १५२ जना आवेदकहरु सबैलाई इकाई बाँडफाँड गरिएकाे थियाे । जसमध्ये, न्यूनतम १०० इकाईदेखि १० लाख इकाईसम्म माग गर्ने सबैलाई माग अनुसारकै इकाईहरु र १० लाख इकाई भन्दा माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको थियाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d04bb58d3af.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको