Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको रोजाईमा प्रभु सेलेक्ट फण्ड, पहिलो दिनमै बिक्यो ४१.२६% इकाई

अर्थ संसार

बुधबार, ०५ जेठ २०७८, १७ : ५० मा प्रकाशित

लगानीकर्ताको रोजाईमा प्रभु सेलेक्ट फण्ड, पहिलो दिनमै बिक्यो ४१.२६% इकाई

प्रभु क्यापिटल लिमिटेडले आज (जेठ ५ गते, बुधबार) देखि बिक्रीमा ल्याएको 'प्रभु सेलेक्ट फण्ड' नामक सामुहिक लगानी कोषमा पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ ।

पहिलो दिनमा नै कुल इकाईको ४१.२६ प्रतिशत इकाईका लागि आवेदन परिसकेको क्यापिटलले जनाएको छ । पहिलो दिन १८ हजार १ सय ८६ जना आवेदकले ४ करोड १२ लाख ६८ हजार ३ सय ४० इकाईको लागि आवेदन दिएका हुन् ।

प्रभु सेलेक्ट फण्डमा लगानी गर्नेले सात वर्षमा ३ गुणा बढी प्रतिफल पाउँनेछन् : कृष्ण गिरी

क्यापिटलले १ अर्ब रकम बराबरको १० करोड इकाईहरु निष्कासन गरेकाे हाे । जसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई छुट्याइएकाे छ । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो ।

लगानीकर्ताले यस फण्डमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म न्युनतम १ सय इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । 

याे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको