Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्स र डेभलपेमन्ट बैंकमा चमक, यी १० कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

विहीबार, ०६ जेठ २०७८, १५ : ४३ मा प्रकाशित

फाइनान्स र डेभलपेमन्ट बैंकमा चमक, यी १० कम्पनीका लगानीकर्ता मालामाल

आज (बिहीबार) सेयर बजारमा सामान्य वृद्धि भएकाे छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ मा पुगेकाे छ । कूल २१४ वटा कम्पनीकाे एक कराेड ९९ लाख ६६ हजार ६ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २२ करोड एक लाख ९७ हजार २ सय २६ रूपैयाँको कारोबार भएकाे छ ।

सामान्य अंकले बढ्यो सेयर बजार, ८ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि

बिहीबार फाइनान्स कम्पनी र डेभलपेमन्ट बैंकहरूमा धेरै चमक देखिएकाे छ । बढ्ने कम्पनीहरूमा अधिकांश फाइनान्सहरू रहेका छन् ।

बिहीबार सबैभन्दा धेरै नाफा कमाउनेकाे पहिलाे सूचीमा मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ९४ रूपैयाँ पुगेकाे छ । 

सबैभन्दा धेरै मूल्य बढ्ने दाेश्राे सूचिमा गुडविल फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ९६ रूपैयाँ पुगेकाे छ ।

यस दिन सर्वाधिक मूल्य बढ्ने कम्पनीकाे तेश्राे सूचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९६ प्रतिशतले बढेर एक हजार ८ सय ७६ रूपैयाँ पुगेकाे छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएपछि गत असार १ गते, साेमबारबाट दाेश्राे बजारमा राेक्का राखिएकाे समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार वैशाख २१ गते, मंगलबारबाट खुलेकाे थियाे । कारोबार खुलेसँगै संस्थाकाे सेयरमूल्य लगातार बढिरहेको छ ।

त्यसपश्चात् क्रमश : गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८८ प्रतिशतले बढेर ६ सय ४५ रूपैयाँ पुगेकाे छ । युनाइटेड इदी मर्दीकाे सेयरमूल्य ९.८७ प्रतिशतले बढेर ४ सय २३ रूपैयाँ पुगेकाे छ । जानकी फाइनान्सकाे सेयरमूल्य ९.७७ प्रतिशतले बढेर ३ सय ३७ रूपैयाँ पुगेकाे छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सकाे सेयरमूल्य ९.४५ प्रतिशतले बढेर ३ सय ३६ रूपैयाँमा पुगेकाे छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.३५ प्रतिशतले बढेर ४ सय ६८ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ८.७८ प्रतिशतले बढेर ६ सय ३२ रूपैयाँ पुगेकाे छ । लुम्बिनी विकास बैंक लिमिटेडकाे सेयरमूल्य ८.३३ प्रतिशतले बढेर ३ सय २५ रूपैयाँ पुगेकाे छ ।

60a63632e1ebf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको