Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बिहिबार सर्वाधिक कारोबार भएका १० कम्पनी

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, १६ : २३ मा प्रकाशित

यी हुन् बिहिबार सर्वाधिक कारोबार भएका १० कम्पनी

आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  आज सेयर बजार सामान्य अंकले बढेको हो ।  बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ बिन्दुमा पुगेको छ । नेप्से ०.२३ प्रतिशतले बढेको हो ।  यस्तै, सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ४९८.९७ को बिन्दुमा पुगेको छ । 

आज कूल २१४ वटा कम्पनीको एक करोड ९७ लाख ५१ हजार ८८३ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड १९ लाख ३१ हजार ६८९ रुपैयाँ बराबरको कारोबार भएको छ । बजारले बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११  रुपैयाँ बराबरको कारोबार गरी सर्वाधिक कारोबार गरेको थियो । 

आज पनि सर्वाधिक कारोबार गर्ने कम्पनीको अग्रस्थानमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीले ३४ करोड ३७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार गरी सर्वाधिक कारोबार गरेको हो । आज कम्पनीको अन्तिम कारोबार मूल्य एक हजार ६५१ कायम भएको छ । यो साताभरी नै कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । आइतबार कम्पनीले ८२ करोड ६८ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो भने सोमबार ६६ करोड १ लाख ८१ हजार भन्दा धेरै कारोबार गरेको थियो । त्यस्तै मंगलबार र बुधबार कम्पनीले क्रमशः  ६७ करोड ९२ लाख ९९ हजार रुपैयाँ र ५५ करोड ६९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

सर्वाधिक कारोबार गर्ने कम्पनीको दोस्रो स्थानमा बैंक अफ काठमाण्डू रहेको छ । बैंकले ३३ करोड ४५ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य ३ सय ५१ कायम भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २४ करोड २८ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । नेप्सेका अनुसार कम्पनीको अन्तिम कारोबार मूल्य एक हजार २८७ कायम भएको छ ।

यता, नेपाल टेलिकमले २४ करोड २ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ कम्पनीको सेयरमूल्य एक हजार ३९५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सिभिल बैंक लिमिटेड २२ करोड ४५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १९ करोड ८९ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । यी २ कम्पनीको अन्तिम कारोबारमूल्य क्रमशः २ सय ६७ रुपैयाँ र ५ सय ३७ रुपैयाँ कायम भएको छ । 

बिहिबार मञ्जुश्री फाइनान्स लिमिटेडले १९ करोड २ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य ५ सय ९४ कायम भएको छ । 

आज मात्र साधारणसभा बोलाएको सिद्धार्थ इन्स्योरेन्स कम्पनी पनि आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीको सूचीमा परेको छ । कम्पनीले १७ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ४९ कायम भएको छ । कम्पनीले जेठ २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ । जसमा ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर रहेको छ ।  

त्यसैगरी, सेन्चुरी कमर्सियल बैंक लिमिटेडले १६ करोड ९२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ लाख ८३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको