Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, ८ कम्पनीको कारोबार सर्किट लेभलमा

नेप्से

आइतबार, ०९ जेठ २०७८, १४ : १५ मा प्रकाशित

२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, ८ कम्पनीको कारोबार सर्किट लेभलमा

यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी,  अन्य ८ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

आइतबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड , गुडविल फाइनान्स कम्पनी लिमिटेड, बेष्ट फाइनान्स कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र युनाइटेड इदी मर्दी हाइड्राेकाे सेयर पनि सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २४.६९ अंकले बढेर २८११.८८ विन्दुमा पुगेकाे छ ।

60aa15e296f39.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको