Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

सोमबार, १० जेठ २०७८, १० : ११ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आज (जेठ १० गते, साेमबार) हुँदैछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा कम्पनीको प्रधान कार्यालय, हात्तीसार काठमाडौंमा भिडियो कन्फरेन्सको माध्यमबाट दिउँसो २ बजेदेखि सुरु हुनेछ ।        

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशतले आउने बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गरेको थियाे ।  त्यसैले वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको