Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकिकृत कारोबार

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, १० : ३६ मा प्रकाशित

सुरू भयाे हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकिकृत कारोबार

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा आज साउन १ गते, आइतबारबाट एकिकृत कारोबार सुरु भएको छ । कम्पनीले आज एक कार्यक्रम गरी एकिकृत काराेबार सुरू गरेकाे हाे । 

यी २ कम्पनी १००ः०.८५ को अनुपातमा मर्ज भएका हुन् । जस अनुसार एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियाे । मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुगेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको